बुटवल–११ नहरपुरस्थित इडन बोर्डिङ इङ्ग्लिस स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई विशेष समारोहका बीच स्वागत गरेको छ। स्वागतसँगै विद्यालयले उनीहरूलाई अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गराएको हो। कार्यक्रममा विद्यालयका अध्यक्ष नकुल शाही ठकुरीले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूको लागि विद्यालयसँगै सञ्चालनमा रहेको सुविधा सम्पन्न होटलमा प्रत्यक्ष अभ्यास गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो। उहाँका अनुसार आफ्नै होटलमा प्राक्टिकल गर्न पाउनु विद्यार्थीहरूका लागि ठूलो अवसर हो, जसले सिप सिकाइको स्तरमा अभूतपूर्व वृद्धि गराएको छ। विद्यालयका प्रचार्य शिवहरी भट्टराईले पनि यही व्यवस्था होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूका लागि अत्यन्त लाभदायी भएको बताउनुभयो। कक्षा ११ का नयाँ विद्यार्थीहरूको स्वागत समारोह कक्षा १२ की विद्यार्थी मुस्कान राणाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सञ्चालन कक्षा १२ का विद्यार्थी निशा अर्याल र गगनसिला केसीले गर्नुभएको थियो। स्वागत मन्तव्य विद्यार्थी तर्फबाट राशन आलेले र विद्यालय प्रशासन तर्फबाट उप–प्रचार्य जगत पौडेलले राख्नुभएको थियो। यस अवसरमा शिक्षक पार्वती न्यौपाने र उप–प्रचार्य कुशल बस्यालले नयाँ विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण र नियमावलीबारे विस्तृत अभिमुखीकरण प्रदान गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरी वातावरण उत्साहपूर्ण बनाएका थिए।
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्