काठमाडौं : एमालेको अवरोधका बाबजुद पार्टी राजनीतिमा सक्रिय बनेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दैछन्।
आज दिउँसो २ बजे काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उहाँको सचिवालयले जनाएको छ। उक्त घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय रहने गरी भाडामा लिइएको हो।
भण्डारीको सक्रिय सदस्यता केन्द्रीय कमिटीले खारेज गरे पनि उनले जिल्ला दौडाहा बढाएकी छन्। सोमबार मात्र कोशी प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तीव्र पारेकी छन्।
नेता कार्यकर्तालाई भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी जारी गरे पनि भण्डारीको पक्षमा धेरै नेता कार्यकर्ता देखिएका थिए। उनी भदौ १४ गते वीरगञ्ज जाने तयारी छ।
त्यहाँको उद्योग वाणिज्य संघले राखेको महिला उद्यमीहरूको भेलालाई सम्बोधन गर्न भण्डारी वीरगञ्ज जान लागेको बताए पनि उद्देश्य राजनीतिक नै रहेको उनी निकट नेताहरु बताउँछन्।
प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्