काठमाडौं , भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी। देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ।
पुरोहितले मन्त्रोच्चारण पूर्वक काटेको कुश यजमानका घरमा लग्ने परम्परा छ। यसरी काटिएका कुशलाई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने गरिन्छ। यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ।
यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्य लगायतमा प्रयोग गर्ने चलन छ। शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ।
सबैकहाँ नहुने कारणले कुशेऔँसी का दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको हो।
लौकिक चलनअनुसार आज छोराछोरीले खानेकुरा र लुगाफाटो सहित आफ्ना बुबाको मुख हेर्ने गर्छन्।
काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको संस्कृतिविद् बताउँछन्।
प्रकाशित मिति : शनिबार, भाद्र ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्