बन्द हुन थाले फेसबुकसहित सूचीकरण नभएका सामाजिक सञ्जाल

बन्द हुन थाले फेसबुकसहित सूचीकरण नभएका सामाजिक सञ्जाल

बुटवल । नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द हुन थालेका छन् । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारिएको जनाएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरिएको जनाएको छ । एनटीसी र वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार अदालतको आदेश र सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्‍दै  २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो ।

सरकारले नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि भाइबर, टीकटक, वी टकलगायत प्लेटफर्म भने निरन्तर सञ्चालन हुने छन् ।

यी सामाजिक सञ्जाल नेपालमा दर्ता भइसकेकाले उनीहरूलाई सञ्चालन हुन दिइने भएको हो ।

बन्द हुने सामाजिक सञ्जाल पनि दर्ता हुन आएकै दिन सुचारु हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij