दुग्ध र उखु किसानका समस्या समाधान गर्छु : कृषिमन्त्री परियार

दुग्ध र उखु किसानका समस्या समाधान गर्छु : कृषिमन्त्री परियार

काठमाण्डौ – नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री डा। मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेको कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै मन्त्री परियारले नेपाल र कोरियाबीच आलु र धानबालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गर्नुभएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले चुनावलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उहाँको भनाइ छ ।

मन्त्री परियारले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रकाशित मिति : सोमबार, असोज ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij