चट्याङ लागेर गुल्मीमा एक बालिकाको ज्यान गयो ः पाँच जना घाइते

चट्याङ लागेर गुल्मीमा एक बालिकाको ज्यान गयो ः पाँच जना घाइते

गुल्मी,
गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ। राति करिब २ बजेतिर चट्याङ लागेर मदाने ५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली घाइते भएका छन्। घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ। घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै गुल्मीको इस्मामा पनि चट्याङ लागेर तीन जना घाइते भएका छन् । चट्याङका कारण जिल्लामा तीनवटा गोरुसमेत मरेका छन्। चट्याङका कारण जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीकी ४६ वर्षीया निर्मला खत्री, इस्मा ५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका ७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।
घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ परेर लागि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेहरू तीनै जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। चट्याङका कारण मालिका गाउँपालिका ४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका अर्खाबाङ् प्रहरी चौकीले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij