काठमाडौँ , नेपाल प्रहरीले करिब एक हजार ६०० सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल प्रहरीले शुक्रबार सूचना निकालेर एक हजार ५५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ११ हजाम, १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो।
प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न मात्र जाने पुग्नेछ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ।
प्रकाशित मिति : शुक्रबार, असोज १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्