काठमाण्डौ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनुभएको छ । गृह मन्त्रालयमा आज विहान भएको कार्यक्रममा गृह–सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण चन्द्रकुवेर खापुङ गएराति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । कार्कीले आजै प्रहरी प्रधान कार्यालय पुुगेर पदभार गर्दै हुनुहुन्छ ।
३३औँ महानिरीक्षकमा कार्कीले २०८४ साल चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ । गएको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्