जसपाका राजेन्द्र श्रेष्ठसहित ६ नेताले पार्टी छाडे, नेपाली कम्युनिष्ट पार्टीमा जाेडिदै

जसपाका राजेन्द्र श्रेष्ठसहित ६ नेताले पार्टी छाडे, नेपाली कम्युनिष्ट पार्टीमा जाेडिदै

 

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहित ६ नेताले पार्टी छोडेका छन् ।

उनीहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकता र ध्रुविकरणका लागि भन्दै आइतबार जसपा छाडेका हुन् । पार्टी छाड्नेहरुमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर धजु रहेका छन्।

उनीहरुले मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीसँगको एकता घोषणा कार्यक्रम रहेको छ ।

यसैबीच जसपाको अशोक राई समुहले पनि आइतबार राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति गरेको छ । तीन नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गर्दै फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले अहिले प्रयोग गर्दै आएको जाँतो (चक्रिया) चुनाव चिन्हलाई प्रयोग गर्ने सहमति गरेका छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij