काठमाडौं , नेपाल विद्युत् प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ ।
प्राधिकरणको प्रधान कार्यालयले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा २६६ कर्मचारीको स्थायी पदपूर्ति गरिने जनाएको छ ।
दसौँ तहको सहनिर्देशक, आठौँ तहको निर्देशक, सातौँ तहको प्रशासकीय अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री, इन्जिनियर, वातावरणविद्, मिटर रिडरदेखि सुपरभाइजर सम्मका २६६ पदका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।
इच्छुक नेपाली नागरिकहरुका लानगि आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्