देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिए

देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिए

 

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिलेसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिएका जानकारी दिनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरि माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गएकाे पुस १३ र १४ गते बन्दसूची पेश गरेका थिए । भाेलि समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिने छ ।

आज बेलुकी ७ बजेसम्म सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयाेगले जनाएकाे छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij