चुनावका दिन आठ प्रकारका सवारी साधनलाई पास नचाहिने

चुनावका दिन आठ प्रकारका सवारी साधनलाई पास नचाहिने

 

काठमाडौं । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका दिन एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधान पासविना नै चलाउन पाइने भएको छ।

निर्वाचन आयोगले शनिबार सूचना प्रकाशित गरी आठ प्रकारका सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ। त्यस्ता सवारी साधानलाई प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् भने असम्बन्धित यात्रुलाई बोक्न पाइने छैन।

निर्वाचन आयोगले दकमल, एम्बुलेन्स र शववाहनलाई पास नचाहिने तय गरेको छ। त्यस्तै, खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई पनि पास नचाहिने भएको छ।

आयोगले दूरसञ्चार सेवा, खनोपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधनलाई पनि छुट दिएको छ। यस्तै, अस्पताल सेवाका सवारीसाधनहरूले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास नचाहिने व्यवस्था गरिएको छ।

यसैगरी, हिडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रुपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र एक जना सहयोगी बोकेका सवारी साधनलाई पनि छुट दिइएको छ।

आयोगले नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधनलाई पनि पास नचाहिने व्यवस्था गरेको छ। यस्तै, आयोगबाट जारी भएका पर्यवेक्षक परिचपत्रबाहक पर्यवेक्षकले प्रयोग गर्ने सवारी साधन, राष्ट्रिय मानव अधिकार अयोागबाट अनुगमन पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारी साधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij