बुटवल । आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात दिन सार्वजनिक बिदा हुने भएको हो।
यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। यही फागुन २०, २१ र २२ गते तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ। निर्वाचनको बिदा सुरु हुनुअघि आज र भोलि होली पर्व परेको छ। होलीका लागि आज फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि फागुन १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा छ।
निर्वाचनको बिदा सकिएको भोलिपल्ट फागुन २३ गते शनिबार परेको छ। फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ। त्यो दिन पनि सरकारले सार्बजनिक बिदा दिँदै आएको छ।
तर नेपाल राष्ट्र बैंकले भने होली र निर्वाचनका सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्