आवश्यक परेमा पश्चिम एसियाबाट नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउछौ : परराष्ट्र मन्त्रालय

आवश्यक परेमा पश्चिम एसियाबाट नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउछौ : परराष्ट्र मन्त्रालय

 

काठमाडौँ । सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारले निरन्तर काम गरिरहेको र आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारीसमेत भइरहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा देखिएका पछिल्ला घटनाक्रम, त्यहाँ रहेका नेपाली नागरिकको अवस्था बारे जानकारी दिदै आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारीसमेत भइरहेको जानकारी दिएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए ।

सरकारले परराष्ट्र सचिवको नेतृत्वमा आपत्कालीन प्रतिक्रिया टोली गठन गरेको, कन्सुलर सेवा विभागमार्फत डिजिटल दर्ता प्रणाली सञ्चालनमा ल्याइएको तथा मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षबाट २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गरिएको सचिव राईले बताए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij