पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । यस्तै गाउँका ६ घरमा क्षति पुगेको छ ।
हावाहुरीसहितको चट्याङ लागेर १३ वर्षीया शर्मिला विक र ३३ वर्षीया धनी लाङ्टागे मगर घाइते भएको जुठापौवाका वडासदस्य ओकबहादुर रास्कोटीले जानकारी दिए ।
शर्मिला बेहोस भएको र तत्कालै उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याइएको छ ।
गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले हिजो मिसन अस्पताल पुगेर विकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
अर्की घाइते धनीको छहराको मेहलढापस्थित स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएकी छन् ।
उनको अवस्था सामान्य छ । जुठापौवाका ६ घरका बिजुली सर्ट हुनुका साथै बिजुली पोलमा क्षति पुगेको छ । अत्यधिक हावाहुरीसहित चट्याङ परेको वडासदस्य रास्कोटीले बताए ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्