प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

उद्घाटन खेलमा अक्सफोर्ड विजयी

बुटवल-बुटवलमा प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुलले देवसिद्घ ई बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा अक्सफोर्डको जितमा एलेक्स छन्त्यालले २ तथा नेल्सन रास्कोटीले १ गोल गरे । एलेक्स खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि सोमबार नै भएको दोस्रो खेलमा ग्यालेक्सी ई बोर्डिङ स्कुलले अन्नपूर्ण बोर्डिङ स्कुललाई ७–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा रुपन्देहीका ४२ विद्यालयका खेलाडीहरुले भाग लिएका छन ।
कार्यक्रमको एक समारोहका बिच अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले उद्घाटन गर्दै सरकार र संघबाट हुन नसकिरहेको खेल गतिविधिलाई निजी विद्यालयको अगुवाईमा सफल भएको बताए । विश्व फुटबलले निलम्बन गरेको हुदा नेपालको फुटबल असहज परिस्थितीमा रहेको भन्दै उनले यसमा आफु पनि दोषी रहेको स्वीकारे । फुटबलको विकासमा विद्यालयहरुको योगदानबारे चर्चा गर्दै उनले केही महिना अघि ७७ वटै जिल्लाका विद्यालयहरुसंग सहकार्य गरेर ग्रासरुट खेल विकासका लागि खेलकुद सामग्री वितरण गरेको बताए । यसलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले खेलकुद हरेक विद्यार्थीलाई जरुरी रहने बताए । ग्रासरुटबाट खेलकुदमा आवद्ध बालबालिकाहरु युरोपमा पछि गएर अन्तराष्ट्रियस्तरसम्म पुग्ने गरेको उदाहरण दिदै उनले आफुहरुले पनि अब फुटबललाई कल्चरका रुपमा अघि बढाउने योजना सुनाए । हरेक वर्ष पुरस्कार राशी र सहभागी टिम समेत बढाउने लक्ष्यसहित देशकै नमुना प्रतियोगिताका रुपमा अघि बढाउने उनले बताए । हरेक विद्यालय एउटा एउटा खेललाई महत्वका साथ अघि बढाउन सके खेलाडी उत्पादनमा सहयोग हुने उनको दाबी छ ।
कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले फुटबलमा उत्साह थप्ने गरि यो महत्वपूर्ण खेल गतिविधि संचालन भएको बताए । भविष्यमा खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, सिद्धार्थ केबलकारका नर बहादुर कार्की, एन्फा टेक्निकल सेन्टर बुटवलमा डाईरेक्टर बुद्धि गुरुङ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईले सबै सरोकारवालाहरुको सहकार्यबाट नै खेल क्षेत्र विकास हुने बताए ।

प्रकाशित मिति : सोमबार, भाद्र १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij