बालिका अपहरण गर्नेलाई रुपन्देही प्रहरीले गोली हानी गर्यो नियन्त्रण

बालिका अपहरण गर्नेलाई रुपन्देही प्रहरीले गोली हानी गर्यो नियन्त्रण

तिलोत्तमा, तिलोत्तमा नगरपालिका वडा नं १७ की १० वर्षीया बालिकालाई अपहरण गर्ने व्यक्तिलाई बुटवल प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

तिलोत्तमा नगरपालिका वडा नं १७ दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारुलाई प्रहरीले गए राती नियन्त्रणमा लिएको जनाएको छ ।

थारुले गत बुधवार राती तिलोत्तमाकै १० वर्षीय बालिकालाई सुतिरहेको अवस्थामा मध्यरातमा अपहरण गरेका थिए। अपहरण गरिएको बालिकालाई प्रहरीले शुक्रबार साँझ ७ बजेतिर कान्छी बजारस्थित जंगलबाट ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो।

बालिकालाई सकुशल उद्धार गरिएको भए पनि अपहरणमा संलग्न थारु भने फरार थिए । जंगलमै लुकेर बसिरहेको आशंकमा खोजी गरिरहेको प्रहरीले गए राति १ बजेतिर थारुलाई जंगलबाटै नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाई लागेपछि एक राउन्ड गोली प्रहार गर्न बाध्य भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थारुको खुट्टामा गोली लागेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बालिका अपहरणमा परेपछि खोजी गर्दै जाँदा उनलाई उद्धार गरिएको स्थानमा भेटिएको मोबाइलको आधारमा प्रहरीले अपहरणमा संलग्न थारुको पहिचान गरेको थियो। घरको बाहिर हजुरबुवा र हजुरआमा सुतिरहेको अवस्थामा भित्र कोठामा भाइसँग सुतिरहेकी बालिकालाई राती २ बजेतिर ओढ्ने ओढाइदिन भनेर जाँदा बिस्तारामा नभेटेपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएको थियो।

त्यसपछि प्रहरीले बिहीबार बिहानैदेखि गाउँ वरपर र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो। जंगलबाट उद्धार गरिएकी बालिका सकुशल रहेको र आफ्नो सुरक्षामा रहेको बुटवल प्रहरीले जनाएको छ।

प्रकाशित मिति : आइतबार, असोज १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij