हिजो छुटेकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

हिजो छुटेकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमाण्डौ – बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि आज पनि खुवाइँदैछ ।

हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन लागिएको हो । देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले रष्ट्रिय कार्यक्रम गर्दै आएको छ ।

पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुने गरेकोमा यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले हिजो र आजका लागि सारिएको थियो । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ झण्डै २१ लाख बालबालिका र जुकाको औषधि २० लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको बताउनुभयो ।

५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । नजिकैको वडा कार्यालय, स्वास्थ्य चौकी वा तोकिएका ठाउँमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउन सकिन्छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने गरेको छ ।

 

प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij