लगातारको हुस्सु र कुहिरोले जनजीवन प्रभावित

लगातारको हुस्सु र कुहिरोले जनजीवन प्रभावित

बुटवल ।

लगातारको हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ ।आज पनि देशभरि नै चिसो बढ्ने क्रम तीव्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणाली नभए पनि तराईका अधिकांश क्षेमा हुस्सु तथा कुहिरो लागेको मौसमविद वरुण पौडेलले जानकारी दिनुर्भएको छ ।
न्यूनतम र अधिकतम तापक्रमबिचको अन्तर कम हुने क्रम जारी रहेकाले केही क्षेत्रमा तुसारो परेको छ । तराईका क्षेत्रमा लगातार हुस्सु तथा कुहिरो लाग्ने र दिउँसो पनि घाम नलाग्ने सम्भावना बढी रहेको मौसमविद पौडेलले बताउनुभयो । यस क्षेत्रमा पनि हिजो देखी लगातार चिसो बढी हेको छ । चिसोले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी परेका छन । चिसोका कारण विशेष गरी रुघाखोकी, कोल्ड डायरीया, निमोनिया र टाइफाइटका विरामीहरु बढ्छन । हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावितहुन सक्ने सम्भावना रहन्छ । ।

प्रकाशित मिति : बुधबार, पुष २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij