बुटवल/ जनता टुडे
प्रदेश पाँच सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा बिकास मन्त्री बैजनाथ चौधरीले ३ नं. प्रदेशको निर्णयलाई नजिर बनाएर ५ नं. प्रदेश राजधानी तोकिने बताउनु भएको छ । प्रदेशको नाम र राजधानी तोक्ने विषयमा सरकारले सर्वसम्मत निर्णय गर्न खोजको बताउँदै उहाँले सर्वसम्मत हुन नसके बहुमतकै आधारमा हुने पनि बताउनु भयो ।
रिपोटर्स क्लवले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सहमतीमै तोक्ने बताउँदै सहमति हुनै सकेन भने बहुमतका आधारमा नै हुने बताउनु भयो । राजधानी तोक्ने र प्रदेशको नामाकरण गर्ने सांसदको बिशेषाधिकार भएकाले पार्टीको ह्वीप पनि नलाग्ने उहाँले बताउनु भयो ।
.
प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने विषय राजनीतिक बिषय भएकाले मुख्यमन्त्री शंकर पोखरेलले स्थायी कमिटि बैठकमा समेत पार्टीले एउटा धारणा बनाओस् भन्नुभएको उल्लेख गर्नुभयो । प्रदेश सभा सदस्यहरु पनि कुनै न कुनै दलमा भएकाले राजनीतिक सहमति जुट्यो भने राजधानी तोक्न र नामाकरण गर्न सजिलो हुने उहाँको भनाई थियो ।
चुनावका बेला दाङ् तथा आसपासका नेताहरुले दाङ् राजधानी बनाउँछु र बुटवलका तथा आसपासका नेताहरुले बुटवल राजधानी बनाउँछु भनेर भोट मागेका कारण राजधानी तोक्ने काम जटिल बनेको उहाँको भनाई छ । पार्टीले एक प्रकारको धारणा बनायो भने नेताहरुलाई आफ्ना मतदातालाई भन्न पनि सजिलो हुने भएकाले पार्टीले पनि धारणा बनाउनु पर्ने उहाँले उल्लेख गर्नुभयो ।
रिपोर्टर्स क्लवका प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति : बुधबार, पुष २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्