पूर्वसभामुख कृष्णबहादुर महराको जेल बसाइ यथावत हुने

पूर्वसभामुख कृष्णबहादुर महराको जेल बसाइ यथावत हुने

काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महराको जेल बसाइ यथावत हुने भएको छ । पाटन उच्च अदालतले आज महराविरुद्धको जिल्ला अदालतको फैसला सदर गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले महराको माग दाबी अस्वीकार गरेको हो ।
जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।
मुलुकी फौजदारी संहिताको दफा ८० बमोजिम महरालाई जेल चलानको आदेश भएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले उनलाई डिल्लीबजार कारागार तोकेरै पठाउनेआदेश दिएको थियो ।
महरा असोज १९ गते बालुवाटास्थित सभामुख निवासबाट पक्राउ परेका थिए ।
असोज १२ गते राति संसद् सचिवालयमै कार्यरत रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । त्यही दिन राति प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो । बलात्कारको अभियोग लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । शाहीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । असोज १८ गते उनलाई पक्राउ गरिएको थियो ।
महराविरुद्ध २५ दिनपछि मुद्दा दर्ता भएको थियो । महरामाथि अनुसन्धानका लागि भन्दै अदालतले ३ पटक म्याद थप गर्‍यो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक पाँचदिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij