सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने सरकारको निर्णय

सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने सरकारको निर्णय

काठमाडौ ।
सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न भन्दै थप ११४ वटा बोर्डर आउट पोस्ट बीओपी स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले थप बीओपी स्थापना गर्ने निर्णय भएको बताउनु भयो । हाल मुलुकभर १०७ वटा बीओपी छन् ।
थप गर्ने निर्णयसँगै बीओपी संख्या २२१ पुग्ने पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । यस्तै सामेबारको मन्त्रीपरिषद् बैठकले सरकारी जग्गा छानविन समितिको म्याद एक महिना थप गर्नेदेखि २ सचिवलाई सरुवा गर्नेलगायतका २१ निर्णय गरेको छ ।
यसअघि सरकारले गुठी‚ सार्वजनिक‚ सरकारीलगायतका जग्गा हिनामिनामा छानविन गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० को छानविन समिति गठन गरेको थियो । समितिको म्याद मंसिर २८ देखि पुष २८ सम्म एक महिनाका लागि थप गरिएको छ ।
त्यस्तै सरकारले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा।अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । त्यस्तै बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ जना अधिकृतलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।
सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बालकृष्ण घिमिरेलाई सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
यसैबिच पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतलाई युद्ध गर्न आउ भनेर सीमामा बोर्डर आउट पोस्ट बीओपी नराखेको बताउनु भएको छ । बीओपी थप्ने निर्णयको विषयलाई लिएर सोधेको प्रश्नको जवाफ दिँदै बाँस्कोटाले सीमामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि बीओपी राखिएको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाइनु स्वभाविक भएको बताउदै यसले दुवै छिमेकी मुलुकको सीमा हुने अपराधिक गतिविधि नियन्त्रणमा सघाउ पर्याउने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij