सकियो नेकपा स्थायी कमिटी बैठक, वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय

सकियो नेकपा स्थायी कमिटी बैठक, वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय

काठमाडौ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ।साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।
महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ।
नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ
नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ। केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनुहुनेछ।नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन।
सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो। नेकपामा अब एक उपाध्यक्ष रहने विधानमै व्यवस्था हुने भएको छ।
मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए।
बैठकले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत फिर्ता ल्याउन र सीमा विवाद हल गर्न पार्टीले पुनस् ठोस पहल गर्नुपर्ने पनि निर्णय गरेको छ।
सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ।

प्रकाशित मिति : आइतबार, पुष ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij