सूचना प्रविधि विधेयकबारे सत्तापक्ष र प्रतिपक्ष आमने सामने

सूचना प्रविधि विधेयकबारे सत्तापक्ष र प्रतिपक्ष आमने सामने

काठमाडौँ
संसदीय समितिबाट बहुमतका आधारमा पास भएको सूचना प्रविधि विधेयकबारे सत्तापक्ष र प्रतिपक्ष आमने सामने भएका छन् । विधेयकमा उल्लेखित कतिपय प्राबधानहरुबारे आफू अनुकुल व्याख्या गरेको भन्दै आरोप प्रत्यारोप सुरु भएको हो ।
सरकारका प्रवक्ता गोकुल बाँस्कोटा र कांग्रेस सांसद गगनथापाबीच यो विधेयकमा उल्लेखित प्राबधानहरुबारे सवाल जवाफ चलिरहेको छ । पूर्वमन्त्री तथा कांग्रेस सांसद गगन थापाले सूचना प्रविधि विधेयकले जनताको मौलिक हक खोस्ने भन्दै सशक्त विरोध गर्न सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको थियो तर थापाको उक्त भिडियो सन्देशलाई आज सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारविरद्ध भ्रम छर्ने फोस्रो प्रयासका रुपमा अथ्र्याउनुभएको छ । कांग्रेस सांसद थापाले सरकारका गलत प्रवृत्तिविरुद्ध व्यङ्ग्य मात्रै गरेमा पनि पाँच वर्ष जेल र १५ लाख जरिबानाको कानुन आकर्षित हुने भएकोले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा उत्रन आव्हान गर्नुभएको थियो
थापाले भिडियो सन्देश मार्फत व्यक्त गरेको धारणाप्रति लक्षित हुँदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारविरद्ध नागरिकमा भ्रम छर्ने फोस्रा प्रयासहरु भइहेको आरोप लगाउनुभयो ।lमन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित जिनयमित पत्रकार सम्मेलनमा उहाँले विधेयकमा उल्लेखित प्रावधानहरुको अपव्याख्या गरिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमार्फत गाली गरेका व्यक्तिलाई विगतमा आफूले कारबाही गरेको नबिर्सन पनि थापालाई आग्रह गर्नुभयो ।
केही दिनअघि प्रमुख विपक्षी कांग्रेसको असहमतिका बीच संसदीय समितिले सामाजिक सञ्जालमा कसैलाई जिस्काएको अथवा अभद्र व्यवहार गरेको पाइएमा १५ लाख जरिबाना र पाँच वर्ष जेल सजाय हुने प्रावधान उल्लेखित विधेयक पारित गरेको थियो । यो विधेयक अब प्रतिनिधिसभामा पेस हुने छ । बहुमतको दम्भमा उक्त विधेयक संसदीय समितिबाठ पारित गरेको भन्दै कांग्रेस लगातार सरकारविरुद्ध गर्जिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij