२०७५ फागुन १६ गते बिहिबार तदनुसार २८ फरवरी २०१९ काे राशिफल

२०७५ फागुन १६ गते बिहिबार तदनुसार २८ फरवरी २०१९ काे राशिफल

आज मिति २०७५ फागुन १६ गते बिहिबार तदनुसार २८ फरवरी २०१९ विरोधकृतनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , फाल्गुनकृष्णपक्ष, तिथि – नवमी १० घडी ६ पला बिहान १० वजेर ३४ मिनेट सम्म, नक्षत्र – मूल ५९ घडी ०० पला, बिहान ६ बजेर ८ मिनेट सम्म, योग – वज्र, करण – गर, आनन्दादीयोग – धूम्र, चन्द्रमा – धनु राशिमा, सूर्य – कुम्भ राशिमा, बृहस्पति – बृश्चिक राशिमा, सूर्यउदय विहान ६ वजेर ३२ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर २ मिनेटमा । चन्द्रमा उत्तर पूर्वमा छन् ।
योगिनी –पूर्व दिशा ।
कालराहु – दक्षिण ।
दिशाशूल– दक्षिणमा ।
राहुकाल – दिनको १ वजेर ४३ मिनेट देखि ३ वजेर ९ मिनेट सम्म ।
यमघण्टा – विहानको ६ वजेर ३१ मिनेट देखि ७ वजेर ५७ मिनेट सम्म ।
अभिजितमुहूर्त – विहान ११ वजेर ५३ मिनेट देखि १२ वजेर ४० मिनेट सम्म ।

वारवेला हेर्नुहाेस् ।

शुभ वेला विहान ६ वजेर ३१ मिनेट देखि ७ वजेर ५७ मिनेट सम्म ।
रोग वेला विहान ७ वजेर ५७ मिनेट देखि ९ वजेर २४ मिनेट सम्म ।
उद्वेग वेला विहान ९ वजेर २४ मिनेट देखि १० वजेर ५० मिनेट सम्म ।
चर वेला विहान १० वजेर ५० मिनेट देखि दिनको १२ वजेर १६ मिनेट सम्म ।
लाभ वेला दिनको १२ वजेर १६ मिनेट देखि दिनको १ वजेर ४३ मिनेट सम्म ।
अमृत वेला दिनको १ वजेर ४३ मिनेट देखि ३ वजेर ९ मिनेट वजे सम्म ।
काल वेला ३ वजेर ९ मिनेट देखि ४ वजेर ३६ मिनेट सम्म ।
शुभ वेला ४ वजेर ३६ मिनेट देखि ६ वजेर २ मिनेट सम्म ।

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवरिक झै झमेला आउनेछ, स्वास्थ्यमा गडवडी हुनसक्छ । मनमा विकार पैदा होला, भोजन अरुचि तथा अनिद्राले सताउला, योजना धरासाई होला । यात्रावाट कुनै पनि उपलव्धी हात लाग्ने छैन,

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

काममा जाँगर लाग्ने छैन, स्वास्थयमा समस्या अनेकौ आउनेछ, विरोधीहरुको जालमा परिनेछ, चोट पटकको भए रहला । पारिवारिक कचिलो ले तनाव होला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)

सहकर्मीको राम्रो साथ मिल्नेछ, कम मेहनतले पनि लाभ भने राम्रै होला, व्यापारिक कार्य सफल हुनेछन् । प्रेममा सफलता मिल्नेछ । सवारी साधनवाट लाभ होला, श्रीमतिको सहयोग भरपूर मिल्नेछ ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धनको दिशामा गरियको प्रयास सफ होला , व्यावसाय, नोकरी अदिमा राम्रो प्रगति हुनेछ । स्वभामा भने खरोपन आउनेछ, प्रेम सम्बन्ध कसिलो होला, मित्रवाट सहयोग प्राप्त होला ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम गर्न जाँगर लाग्ने छैन, बच्चा वच्चीको पढाइमा खर्च वढ्नेछ ।
वाणीमा नम्रता ल्याउदा राम्रो, व्यावहारमा पारदर्शिता अपनाउनु होला अन्यथा आफ्ना भनेकाले साथ छोड्लान् । विद्यामा मेहनत गरे पनि फल भने राम्रो आउने छैन ।

कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

पाचन प्रकृया कमजोर होला खान पिनमा विचार गर्नुहोला , साझेदारीमा गरेको कामले खासै प्रगति दिने छैन । आफन्त तथा छिमेकी सँग आपसि मतभेद पैदा हुनसक्छ, अध्यन अध्यापनमा मन जाने छैन ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)

विजनेसको नयाँ कार्योजना बन्नेछ, लामो तथा छोँटो दूरिको यात्राले
लाभ देला । लेखन तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति हुनेछ । घरमा अतिथीको आगमनले घरमा खुसीयालि छाउला ।

बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रोग व्याधिमा नसोंचेको रकम खर्च हुनसक्छ , कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुस होला । पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ ।

धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सामाजिक सेवामा मनजानेछ, जोश जाँगर वढ्ला । विवाह उत्सवमा सहभागि वन्ने योगरहेको छ । कम मेहनतले पनि लाभ भने राम्रै होला, व्यापारिक कार्य सफल हुनेछन् । निकटस्थ साथीबाट सहयोग मिल्नेछ । पठन पाठनमा मन लाग्नेछ ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक समस्या आउने छ , प्रेममार्गमा धोका होला । आफ्ना पनि
बिरोधी होलान् । यात्रमा खासै उपलब्धी हातलाग्ने छैन, अरुको लहै लहैले हातमा अएकोकाम छुट्नेछ । शैक्षिक मार्ग हधुरा होलन्, हल्क चोट पटकको सम्भावना रहेको हुदाँ ख्याल गर्नु राम्रो ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आर्थिक समस्याको समाधन होला, सामाजिक प्रतिष्ठा बढेर जानेछ , विद्याको सफलताले मन प्रसन्न होला, बौद्धिक क्षमतामा बृद्धि होला । तपाइले गरेको कामले सबैलाई प्रसन्न गर्न सक्नुहुनेछ ।

मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

गरेको कार्यमा सफलता प्राप्ति हुनेछ, साथी भाई हरुले सहयोग गर्ने छन् । पठनपाठनमा रुचि वढ्नेछ । पारिवारिक खुसी वढेर जाला, वौद्धिक क्षमतामा बृद्धि हुनेछ । राजनीतिकार्य सफल होला ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij