मानव अधिकार आयोगले भन्यो, ‘श्रमको सम्मान गर’

मानव अधिकार आयोगले भन्यो, ‘श्रमको सम्मान गर’

काठमाण्डौ ।
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कोभिड–१९ को जोखिममा रही सूचना सम्प्रेषणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारलाई उचित पारिश्रमिक दिन आग्रह गरिएको छ ।

श्रमजीवी पत्रकारलाई उचित पारिश्रामिक दिन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ ।पत्रकारलाई सत्यतथ्य सूचना सङ्कलन गर्ने वातावरण कायम हुन नसकेमा नागरिकको सुसूचित हुने मौलिक हकसमेत प्रभावित हुन जाने देखिन्छु, विज्ञप्तिमा भनिएको छ, ुश्रमजीवी पत्रकारसम्बन्धी ऐनमा श्रमजीवी पत्रकारलाई मर्का पर्ने गरी निजको सेवा शर्त तथा सुविधामा परिवर्तन नगरिने उल्लेख छ ।

लकडाउनको अवस्थामा केही सञ्चार गृहबाट लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिइ, जिम्मेवारीबाट हटाइ तथा विनाकारण अतिदुर्गम स्थानमा सरुवा गरी मानसिकरुपमा तनावसमेत दिइएकाले कारबाही गरी पाउँ भनी आयोगमा पर्न आएको उजुरीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घले काठमाण्डौ उपत्यकालगायत विभिन्न जिल्लाबाट दुई हजारभन्दा बढी श्रमजीवी पत्रकार आफ्नो पेसाबाट पलायन हुनुपरेको जनाएको छ । रासस

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij