काठमाण्डौ ।
नेपालमा कोरोनामुक्त जिल्लाको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका छैनन् । यी जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएर डिस्चार्ज भएका छन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । आजसम्म ११ हजार ६ सय ९५ जना निको भएर डिस्चार्ज भएको र यो कुल सङ्क्रमितको ६६ दशमलव २४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्