बुटवल – हिन्दुहरुको पर्व जनैपूर्णीमाको अवसरमा रुपन्देहीका दुई स्थानीय तहले विदा दिएका छन् । तिलोत्तमा नगरपालिकाको आईतबारको निर्णय अनुसार नेपालीहरुले मनाउने जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा स्थानीय विदा दिइएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्धारा जारी विज्ञिप्तीमा नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, विषयगत शाखा कार्यालय तथा शैक्षिक संस्थाहरुमा विदा दिइएको उल्लेख गरिएको छ ।
यसैगरि सियारी गाउँपालिकाले पनि स्थानीय विदा दिएको जनाएका छ । सोमबार परेको पर्वको अवसरमा शूभकामना दिदै सियारी गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थामा स्थानीय विदा दिइएको कार्यवाहक अध्यक्ष अृमता गुरुङले जानकारी दिईन । उनले आईतबार एक विज्ञप्ति जारी गरि विदा दिइएको सूचित गरेकी छन् ।
प्रकाशित मिति : आइतबार, साउन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्