कांग्रेस प्रदेश ५ संसदीय दलको नेतामा कनौडिया चयन

कांग्रेस प्रदेश ५ संसदीय दलको नेतामा कनौडिया चयन

बुटवल ।
नेपाली कांग्रेस प्रदेश ५ को प्रदेश सभाको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन हुनुभएको छ ।
आज बुटवलमा बसेको पार्टी संसदीय दलको वैठकले सर्वसम्मत रुपमा कपिलवस्तु ३ ख बाट निर्वाचत कनौडियालाई प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन गरेको हो ।
कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गर्नुभएको थियो ।
संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ८ गते क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बन्नुभएको थियो ।दलको नेता चयन भएपछि कनौडियाले अब प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न भूमिका खेल्ने प्रतिक्रिया दिंनुभयो।
सो अवसरमा नेपाली कांग्रेसका नेता राजेश आचार्य, रामकृष्ण खांण, सुरेश शर्मा लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij