काठमाडौं ।
बुधबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएका छन्। प्रवक्ता गौतमले हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएको जानकारी दिए। हालसम्म ७० ८ प्रतिशत निको भएका छन्।
विगत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ।
प्रकाशित मिति : बुधबार, साउन २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्