राम मन्दिर निर्माण कार्य आरम्भ अवसरमा शिव सेना नेपाल द्वारा कृष्णनगरमा दिप प्रज्ज्वलन

राम मन्दिर निर्माण कार्य आरम्भ अवसरमा शिव सेना नेपाल द्वारा कृष्णनगरमा दिप प्रज्ज्वलन

कृष्णनगर-बुधबार भारतको आयोध्यामा राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा हिन्दू धर्मावलंबी र शिव सेना नेपाल का कार्यकर्ता लगायत कृष्णनगर नगरपालिका वासी द्वारा नगरपालिका को विभिन्न ठांउमा दिप प्रज्ज्वलन र प्रसाद वितरण भएको छ । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै बुधबार कृष्णनगर को विभिन्न ठांउमा दिप प्रज्ज्वलन गरेको छ । कोरोना संक्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, र दिपावली जस्ता कार्यक्रम घर घरमा गर्ने समेत जनाएको छ । आज बुधवार साँझा आ आफ्नो घरमा दीप प्रज्ज्वलन गरेको हिन्दू धर्मावलम्बीहरुले खुशी मनाएको छ । राम मन्दिर बनाउन लागेपछि लामो समय भारतको अदालतमा मुद्दा चलेको थियो । भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन बाटो खुला गरेका कारण आज कपिलवस्तु को कृष्णनगर लगायत जिल्लाको विभिन्न ठांउमा दिप प्रज्वलन र प्रसाद वितरण र भजन कृतन गरेका छन्।

प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij