शुक्रबार ९२७ नयाँ संक्रमित थपिए

शुक्रबार ९२७ नयाँ संक्रमित थपिए

थप १६९ जना कोरोना संक्रमणमुक्त

 काठमाडौं -नेपालमा शुक्रबार एकै दिन थप ९२७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३३४ महिला र ५९३ पुरुष गरी थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार २२९ जनाको परीक्षणमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेरोना संक्रमितकाे संख्या ३६ हजार ४६५ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ । शुक्रबार थप १६९ जना कोरोना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij