प्रदेश ५ मा १७ जना कोरोना भाइरसका संक्रमितको आइसीयूमा

प्रदेश ५ मा १७ जना कोरोना भाइरसका संक्रमितको आइसीयूमा

बुटवल-प्रदेश ५ मा १७ जना कोरोना भाइरसका संक्रमितको आइसीयूमा उपचार भैरहेको छ।

प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्पतालमा १६ जना र दाङको राप्ती प्रादेशिक अस्पतालको बेलझुण्डीस्थित अस्पतालमा १ जनाको आइसीयूमा उपचार भैरहेको हो। यस्तै २ जनाको गम्भीर अवस्थामा बुटवलकै कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचारी जारी छ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक अपडेटमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले दिएको जानकारी अनुसार प्रदेश ५ मा १ हजार ४१७ जना संक्रमित आइसोलेशन र अस्पतालहरुमा उपचाररत रहेका छन्।

तीमध्ये १३७ आइसोलेशनमा १ हजार १९३ जना रहेका छन् भने १०८ जना संक्रमित क्‍वारेन्टिनमा रहेका छन्। उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भएको उनले बताए।

प्रदेश ५ मा ११० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेश ५ मा परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुनेको दर ६ प्रतिशत र निको हुने दर ७७ प्रतिशत रहेको र मृत्युदर ०.४५ प्रतिशत रहेको उनले बताए।

प्रदेश ५ मा आइतबारसम्म २९ जना संक्रमितको मृत्यु भएको छ भने ४ हजार ८३८ जना निको भएर घर फर्किएका छन्। आइतबार दिउसोसम्म प्रदेश ५ मा ४८ जना संक्रमित थपिएको पौडेलले बताए।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij