सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा व्यवसायीहरुले स्वास्थ्य सुरक्षा\मापदण्ड पुरा नगरी व्यवसाय संचालन गरेको पाइएको छ ।
कोभिड नियन्त्रण तथा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनँदै आजदेखि जिल्लामा व्यापार व्यवसाय आन्तरिक रुपमा निश्चित समयका लागि खोल्ने निर्णय गरेसँगै सैनामैनामा खुलेका अधिकांश व्यवसायीहरुले भने स्वास्थ्य मापदण्ड पुरा नगरेको पाइएको हो ।
नगरपालिकाका नगर उपप्रमुख बिना रानाको नेतृत्वमा नगरपालिकाका विभिन्न ठाउँहरु बनकट्टा, रानिबगिया, मुर्गिया र बुद्धनगर क्षेत्रका पसलहरुमा गरिएकोे बजार अनुगमनमा अधिकांश व्यवसायीहरुले मास्कको प्रयोग नगरेकोे, स्यानिटाइजर नराखेको र भौतिक तथा सामाजिक दुरीको ख्याल नगरी व्यवसाय संचालन गरेको पाइएको नगर उपप्रमुख बिना रानाले बताउनुभयो । उहाँले केही व्यवसायीहरुले भने जिल्ला सुरक्षा समितिको आदेश अनुसार नै स्वास्थ्य मापदण्ड अपनाएको पाइएको जानकारी दिनुभयो ।
व्यापारी व्यवसायीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै रानाले सुरक्षा मापदण्ड विपरीत व्यवसाय संचालन गरेको पाइएमा नियम बमोजिम कारबाही गरिने बताउनुभयो । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा प्रदान गर्न आग्रह आग्रह गरिएको छ ।
आज नै अधिकांश पसलमा उपप्रमुखकै उपस्थितिमा सुरक्षा घेरा समेत बनाउन लगाइएको थियो । यसैगरी नगरपालिकाले नगरभित्रका अन्य स्थानका बजारहरुको भोली अनुगमन गर्ने जनाएको छ ।
यसैबिच सैनामैना उद्योग वाणिज्य संघले आज नै एक विज्ञप्ती जारी गर्दै उद्योग व्यवसायीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । संघका अध्यक्ष राज बहादुर क्षेत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ मास्क, स्यानिटाइजरको प्रयोग गर्दै भौतिक दुरी कायम गरी सेवा प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध छ । ’
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्