पूर्वाधार विकास निर्माणमा जोड : मेयर शाह

पूर्वाधार विकास निर्माणमा जोड : मेयर शाह

कृष्णनगर-कपिलवस्तुको कृष्णनगरपालिकाले स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा जोड दिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । सडक पूर्वाधार र अस्पताल स्तर बृद्धिका लागि करोडौंको बजेट विनियोजन गरिएको र केहिको टेण्डर आह्वान समेत गरेको उहाँले बताउनु भयो ।
नगरपालिकाले बहादुरगंजमा रहेको नेपालकै दोस्रो पुरानो अस्पताल शिवराज अस्पतालको स्तर वृद्धिका लागी १५ शैयाको भवन निर्माण गर्ने नगर प्रमु्ख शाहले बताउनु भयो । १५ शैयाको भवन निर्माणका लागि नगरले २ करोड र अप्रेशन कक्षका लागी ५० लाख बजेट छुटाएको जानकारी दिनुभयो । नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएका कारण स्वास्थ्य क्षेत्रलाईको विकासलाई जोड दिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले नगरको प्रमुख बजार र भारत सिमा संग जोडिएको बजार कृष्णनगर बजारको सडक स्तरउन्नती पनि यो बर्ष गर्ने भएको छ । कृष्णनगर बजार क्षेत्रको सडक , सडक विभागले बनाउन नमाने पछि नगरपालिकाले आफ्नै बजेटले सडक स्तर उन्नती गर्ने भएको हो । जसका लागी नगरपालिकाले बजार भित्रको सडक निर्माणका लागी ४ करोड २० लाख बजेट विनियोजन गरी टेण्डर समेत अव्हान गरि सकेको छ । यस्तै वडा नं। ८ र ९को संयुक्त वडा कार्यालय भवन निर्माणका लागी १ करोड ४६ लाख बजेट विनियोजन गरी टेण्डर आह्वान गरिएको नगर प्रमुख शाहले बताउनु भयो ।
एकै पटकमा वा एकै आर्थिक बर्षमा आमूल परिर्वतन हुन नसक्ने परिर्वतनका लागी समय लाग्ने भएको नगरपालिकामा पनि अहिले विकास निर्माण भइरहेको शाहले बताउनु भयो । सबै कुरामा सुधार क्रमिक रुपमा हुदै गइरहेकोले जनताले चाहेको जस्तो विकास र परिर्वतन आफ्नो कार्यकाल अवधीमा पुरा गरिछाड्ने शाहले ढृढता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij