बुटवल ।
नेपाली काँग्रेसका संंस्थापक नेता स्वर्गीय वीपि कोइरालाको १०७ औं जन्म जयन्तीको अवसर पारेर नेपाली काँग्रेस रुपन्देहीले भिडियो अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ ।
जननायक वी.पि. कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली काँग्रेस र नेपालको राजनीतिक अवस्था विषयमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रम बुधबार बिहान ११ बजेदेखि सञ्चालन हुने नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी गराउनु भयो ।
जुम प्रविधिको माध्यमबाट आयोजना गरिने भिडियो अन्तरसंवाद कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोईराला, नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उद्योगपति तथा प्रतिनीधि सभा सदस्य बिनोद चौधरी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नेपाली काँग्रेस रुपन्देहीले तय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
पार्टीका संस्थापक नेता कोईरालाले नेपालको राजनीतिक परिवर्तनमा दिएको योगदान, उहाँ लिएको नीति तथा सिद्धान्त तथा अहिलेको राजनीतिक तथा पार्टीको अवस्थाको बारेमा छलफल हुने उहाँले जानकारी गराउनु भयो ।
त्यस्तैगरी दुई तिहाईको कम्युनिष्ट सरकारले गरेका कामका बारेमा समेत समिक्षा गरिने छ भने विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिनकालागि गरिएको लकडान बाहेक ६ महिना बितिसक्दा पनि सरकारको तर्फबाट अन्य कुनैप्रकारको तयारी नगरेको तर्फ सरकारको ध्यानाकर्षण गराईने सभापति रज्जाकले बताउनु भयो ।
भिडियो अन्तरसंवाद संक्षिप्त रुपमा हुने र उक्त अन्तरसंवाद कार्यक्रममा जोडिनका लागि आम नेता कार्यकर्ता, शुभचिन्तक पत्रकार सबैलाई नेपाली काँग्रेस रुपन्देहीले आग्रह गरेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्