परासी ।
निषेधाज्ञाको अवज्ञा गर्दै पश्चिम नवलपरासीका राजनीतिक दलहरुले मंगलबार सदरमुकाम परासीमा धर्ना दिएका छन् । कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै घटनाको छानविन गरी दोषिलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।
नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो । अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । सोही घटनाको छानविनको माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।
जिल्लाका राजनीतिक दल, स्थानीय तहका प्रमुखसहित बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले भेला, जमघट र भीडभाडलाई पूर्ण प्रतिबन्ध लगाउँदै निषेधाज्ञा जारी गरेको छ ।
तर जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिले नै उक्त निर्णयको अवज्ञा गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । धर्नामा करिब १ सय जनाको सहभागिता थियो । निषेधाज्ञाको अवज्ञा गरेर धर्नामा बस्न पुगेका सहभागिहरुलाई हटाउन प्रहरी पुगेको थियो । तर आदेश नपाएपछि प्रहरीहरु धर्ना हेरेर बसेका थिए । जिल्लामा दैनिजसो कोरोना संक्रमणका बिरामीहरु बढ्दै गएका छन् ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्