आज देशका विभिन्न ठाउँमा अति ठूलो वर्षा, बाढी–पहिरोको उच्च जोखिम

आज देशका विभिन्न ठाउँमा अति ठूलो वर्षा, बाढी–पहिरोको उच्च जोखिम

काठमाण्डौ; देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

ती जिल्लामा साना देखि ठूला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजे सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ ।

यस्तै आज बिहान नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला आसपासमा अति ठूलो वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको उच्च जोखिम रहेको छ । आज दिउँसो र राति प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij