डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकिने

डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकिने

काठमाडौ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको झण्डै डेढ महिनादखि स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दैछ ।
आन्तरिक सत्ता संघर्षका कारण बीचमै स्थगित गरिएको स्थायी कमिटी बैठक आज बोलाइएको हो ।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्ताव पेश गरिने छ ।

असारमा शुरु भएको बैठक विवादकै बीच साउन १३ गतेसम्म बसे पनि त्यसयता त्यत्तिकै स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले सरकार र प्रधानमन्त्रीको तीब्र आलोचना गरेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग सल्लाह नै नगरी बैठक स्थगित गरिदिनुभएको थियो ।

ओलीले बैठक स्थगित गरेपनि साउन १३ मा अर्का अध्यक्ष दाहालले आफू र नेता माधव नेपाल पक्षीय सदस्यहरुको बैठक राखेर ओलीको कार्यशैली र रवैयाको आलोचना गर्नुभएको थियो ।

दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने जिम्मेवारी दाहाललाई बैठकले दिए पनि त्यसयता बैठक बस्न सकेको थिएन ।

झण्डै फुटको नजिक पुगेको नेकपा अहिले भने प्रधानमन्त्री ओलीलाई थप बलियो बनाउने ६ सदस्यीय कार्यदलको प्रस्तावमा दाहालले सहमति जनाएपछि विवाद साम्य बनाउने प्रयास भएको छ ।

कार्यदलले दिएको प्रतिवेदनमै केही फेरबदल गरेर अध्यक्षद्वयले तयार पारेको १५ बुँदे प्रस्ताव आज बस्ने स्थायी कमिटीको बैठकमा पेश गरिने र पारित गरिने जनाइएको छ ।

बैठकमा विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरी बैठक आजै टुंग्याइने जनाइएको छ ।

दुई अध्यक्षले तयार पारेको प्रतिवेदन र सहमतिप्रति भने माधव नेपाल पक्ष सहमत बन्न सकेको छैन । दुई अध्यक्ष मिल्दैमा समस्या समाधान हुने नभई पार्टीलाई विधिसम्मत चलाउनुपर्ने अडान नेपाल पक्षको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै दाहाल र नेपाल पक्षले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउने प्रयाससमेत थालेपछि नेकपामा भुईंचालो गएको थियो ।

ओलीमाथि विधि र पद्धति मिचेर सरकार चलाएको, पार्टीको निर्णय नमानेको, सरकारको बदनाम हुनेगरी नियुक्ति र निर्णय गरेकोलगायतका आरोप लगाइएको थियो ।

आफूलाई कार्वाही गरे नयाँ पार्टी खोल्ने भन्दै ओलीले नेकपा एमाले नामको दल नै निर्वाचन आयोगमा दर्ता गराउन लगाएको आरोप दाहाल पक्षले लगाएको थियो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij