बुटवल,
पश्चिम नेपालकै पूरानो लायन्स क्लव अफ बुटवल,लायनेश क्लब बुटवल र लियो क्लब अफ बुटवलको सयुक्त आयोजनामा बुटवल उपमहानगरपालीका–११ मा ‘एन्फा एकेडमी आइसोलेशन सेन्टर’ सहयोग गरेको छ ।
क्लवहरुले उक्त सेन्टरमा मा ५ थान पंखा १० लिटर सेनिटाइजर ५०० पिस माक्स सहयोग गरेको लायन्स बुटवलका अध्यक्ष संजय जायसवाल जानकारी दिए ।
कोभिड १९ को संक्रमण भएका बिरामिहरुलाई आइसोलेसन सेन्टरमा पंखा र सेनिटाइजर अभाव भएको र सोही अनुसारको माग समेत आएको कारण ‘हामी सेवा गछौ’भन्ने मुल नारा लाई आत्म साथ गर्दै शुक्रबार बितरण गरिएको क्लवका तृतिय उपाध्यक्ष सरदमान श्रेष्ठले जानकारी दिए । सहयोग प्रदान कार्यक्रम क्लवका निर्वतमान अध्यक्ष नरेश कुमार श्रेष्ठ,सचिव प्रतिक पोखरेल, कोषाध्यक्ष बासुदेव श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्