बाग्लुङका प्रकोप पीडितको राहातका लागि रुपन्देहीमा सहयोग जुटाउंदै

बाग्लुङका प्रकोप पीडितको राहातका लागि रुपन्देहीमा सहयोग जुटाउंदै

बुटवल
बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रकोप पीडित नागरिकलाई सहयोग गर्न ढोटरपाटन समाज रुपन्देहीले आर्थिक संकलन अभियान शुरु गरेको छ । ढोरपाटन नगरपालिकाबाट लिखित सिफारिस लिएर समाजले रकम संकलन अभियान थालेको ढोरपाटन समाजका अध्यक्ष गंगालाल सापकोटाले बताउनु भयो ।
प्रकोप पीडितलाई सहयोग गर्न चाहनेले समाजका पदाधिकारी र सदस्यलाई प्रत्यक्ष भेटेर वा ई–सेवा मार्फत समाजको खातामा रकम जम्मा गर्न सकिने अध्यक्ष सापकोटाले बताउनु भयो । ईसेवा मार्फत रकम जम्मा गरेर प्रकोप पीडितलाई सहयोग गर्न चाहनेले मोबाइल एलर्ट नंं. ९८५११०३३६२ मा रकम जम्मा गर्न सक्ने समाजले जनाएको छ । समाजले सहयोग संकलन अभियान थालेको एक दुई दिनमै मनकारी दाताहरुले स्वेच्छिक सहयोग गर्न थालेको सापकोटाले बताउनु भयो ।
विदेशमा रहेका नेपालीले पनि सहयोग गर्न सक्ने छन । संकलन भएको राहत रकम ढोरपाटन नगरपालिकाको दैवी प्रकोेप राहत कोषमा जम्मा गरिने र नगरपालिकाले एकद्वार प्रणालीबाट वितरण गर्ने नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताउनु भयो । ‘यतिबेला ढोरपाटन नगरपालिका ठूलो मानवीय र भौतिक क्षतिका कारण शोक र संकटमा छ, यस्तो बेला सबैको सहयोगको खाँंचो छ’ । हालै आएको बाढीका कारण ढोरपाटन नगरपालिकामा ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएको छ । घरहरु बगाउंदा ३८ जनाको ज्यान गएको थियो भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो । बागलुङको ढोरपाटन नगरपालिका,बडिगाड गाउंपालिका र आसपासका क्षेत्रबाट रुपन्देहीमा बसाई सरेर आएका बाग्लुङेहरुबीच आपसी भाइचारा सम्बन्ध विस्तार, दुख सुखमा सहकार्य,ढोरपाटनको पर्यटन प्रवद्र्धन र संस्कृति आदान प्रदान गर्ने उद्देश्यले गत वर्ष मात्र ढोरपाटन समाज रुपन्देही गठन भएको समाजका प्रेस सल्लाहकार टोपराज शर्माले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij