काठमाडौं- सरकारले १ असोजबाट लामाे दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी बिहीबारबाट लामा दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसरी सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्नेछ ।
११ चैतबाट बन्द रहेको यातायात खुलेसँगै सरकारले भाडादरपनि वृद्धि गरेको छ । व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
यातायात सञ्चालन गर्दा बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । क्षमता भन्दा आधा मात्र यात्रु बाेक्न पाउने भएकाले ५० प्रतिशत भाडा वृद्धि गरेकेा हाे ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्