बुटवल
लगातारको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ।पाल्पाको तिनाउँ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको ठुलो पहिरोले सडक पुरेको छ ।
पाल्पा प्रहरीका अनुसार सडक डिभिजन कार्यालयसंग थप समन्वय गरी सडक खुलाउने प्रयास भैरहको छ । सडकमा पहिरो खसेपछि यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारी साधनको लाम लागेको छ ।
त्यस्तै पाल्पाको डुम्रे र तानसेन नगरपालिका ८ गौडेपुल नजिक पनि पहिरो खसेकोले सडक अबरूद्ध भएको छ ।
प्रकाशित मिति : बुधबार, असोज ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्