कपिलवस्तुमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरमा ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ पोष्ट ग्राम सोहरतगढका वर्ष २५ का लल्लु भन्ने नियाज धुनिया र वर्ष २० का अजमेरी धुनियामा २७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हु्न्।

बिशेष सुराकीका आधारमा दुबै जनाको खानतलासी लिदा ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।

प्लाष्टिकमा राखी धागोले बेरिएको ८ पोका ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारिएको उनले बताए। पक्राउ गरिएको दुबै जनामाथि लागुऔषध मुद्दामा अदालतबाट म्याद थपेर कारबाही प्रकृया अघि बढाईएको प्रहरी उपरिक्षक अधिकारीले बताए।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij