कपिलवस्तुको कोइली खोलाले विद्युत प्राधिकरणको जीप बगायो, १ जनाको शव फेला, २ वेपत्ता

कपिलवस्तुको कोइली खोलाले विद्युत प्राधिकरणको जीप बगायो, १ जनाको शव फेला, २ वेपत्ता

 कपिलवस्तु

बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कपिलवस्तुको कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण कोइली खोलामा आएको बाढिले बुधबार दिउँसो उक्त जीप बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्का कर्मचारी केशव भाट क्षेत्री रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा. १ च. १०८९ पजेरो जीप बगाएको हो ।

नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाको जीप कोइली खोलाले बगाउँदा ३५ वर्षीय चालक माधव प्रसाद पाण्डेको मात्र शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

जीपमा सवार दुई जना वेपत्ताहरुको खोजवीनका लागि थप सेनाको टोली घटनास्थल तर्फ पुगेको बताइएको छ ।

जीप खोलामा डुवेपछि जनपद प्रहरी र शसस्त्र प्रहरी उद्धारमा खटिएका थिए । उनीहरुले खोलामा डुवेको जीप भित्रबाट चालकको शव वाहिर निकालेको शसस्त्र प्रहरी बेस पिपराका प्रहरी निरिक्षक अर्जुन ढकालले बताउनुभयो ।

जीपमा सवार ६ जना मध्ये ३ जना पौडी खेलेर बाच्न सफल भएका छन् । विद्युत कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए ।
उद्धारका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटना स्थलमा खटिएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो । यद्यपि आज साँझ भएकोले खोलामा हराईरहेका थप दुई जनाको शव निकाल्न गाह्रो भएको छ ।

बुधबार विहान मात्र सोही पुलमा आएको बाढीले स्थानीय देवीराम पोखरेलको लु १२ प ३५०३ नम्बरको होण्डा बाइक बगाएको थियो । उक्त बाइकलाई स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij