बुटवल ।
गएराति परेको मुसलधारे वर्षाले रुपन्देहीका बिभिन्न ठाउमा करिब एक दर्जन घर बगाएको छ ।मुलसधारे बर्षासँगै ठाउँ ठाउँमा पहिरो जादा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
बुटवल उपमहानगरपालिकाको लक्ष्मीनगर स्थित सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, केहि बाख्राको खोर र केहि सवारी साधन बगाएको स्थानीयबासीले बताएका छन् ।
बुटवल उपमहानगरकै रानीगञ्ज क्षेत्रमा तिनाउ नदीले कटान गरेर क्षती पु¥याएको छ ।बाढीले देवदह १० का रामबहादुर श्रेष्ठको १ तले घरसँगै २ बाख्रा र केही कुखुरा लगायतको धनमाल बगाएको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालिकामा ४ वटा घर बाढीले बगाएको छ । तिलोत्तमाको मौवाबारी स्थित सुकौरा खोलामा आएको बाढीले ३ वटा कच्ची घर बगाएको छ ।
तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको हो । तिलोत्तमा ८ को सत्कुलो नहरको पानीको बहाव बढेर घर भत्काएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै ठाउँ ठाउँमा पहिरो जादा सिद्धार्थ राजमार्गको बुटवलपाल्पा सडक खण्ड अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाँउपालिकाको चरचरे, पावरहाउस, पानीमिल, गौडेको पुल लगायतका ठाउँमा पहिरो खसेर सडक पूर्ण अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असोज १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्