कञ्चनमा जेसिज सप्ताह शुरु,शारिरीक अपांगता भएका १० जना उधमीहरुलाई सम्मान

कञ्चनमा जेसिज सप्ताह शुरु,शारिरीक अपांगता भएका १० जना उधमीहरुलाई सम्मान

कञ्चन
कञ्चन जेसिज बर्ष २०२०को आयोजनामा शारिरीक रुपमा अपांगता भएका उधमशिल ब्यक्तीहरुलाई सम्मान गर्दै आज देखि जेसिज सप्ताह शुरु भएको छ।  कञ्चन जेसिजको बार्षिक कार्यक्रम अन्तर्गतको जेसिज सप्ताह कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले शारिरीक अपांता भएता पनि उधमशिलतामा लागि जिविको पार्जन गर्दै आउनु भएकाहरुलाई सम्मान गरी उद्धघाटन गर्नु भएको हो ।

IMG_9580.JPG
कार्यक्रमको उद्धघाटन गर्दै अध्यक्ष क्षेत्रीले यदि मनमा केही गर्ने इच्छाशक्ती भएमा कुनै पनि शारिरीक अपांगताले जिवनलाई सार्थक बनाउन असम्भव नरहेको बताउनु भएको छ।शारिरीक रुपमा अपांग भएर पनि गाउ गाउमा तरकारी र फलफुलको ब्यापार गरी आफ्नो ब्यवसायिक जिवन संचालन गर्दै आउनु भएका टोपलाल भट्टराईको दम्पत्तीको मेहनत र लगनशिलताबाट बास्तविक जिवन जिउन कुनै गाह्रो नहने रहेछ भन्ने पाठ सिकाएको बताउदै अध्यक्ष क्षेत्रीले बिभिन्न कारणले अपांगता भएकाहरुले अरु कसैको आश र भरमा नभई आफ्नो सिप र क्षमताले जिवनलाई कलात्मक बनाउनु पर्ने प्रेरणा पुर्ण बहादुर बि.क. जस्ता उधमीहरुवाट सिक्न सकिने बताउनु भएको छ।कञ्चन गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादरु लामिछानेले कञ्चन जेसिजले समाजमा देखिएको बिकृति बिसंगती बिरुद्ध युवाहरुलाई एकबद्ध बनाई समाजप्रति उत्तरदायी बनाउनमा महत्वपुर्ण सहजिकरण गर्नु पर्ने सुझाव दिनु भएको छ।आफु जेसिजको नियमित कार्यक्रममा सहभागी हुन नपाएपनि कञ्चन जेसिजका हरेक कार्यक्रमहरुलाई नजिकबाट बुझिरहेको बताउदै वडा अध्यक्ष लामिछानेले कञ्चनका केही युवाहरु कुलतमा फसिरहेको र जसले गर्दा युवहरुमा समाजप्रतिको उत्तरदायित्वमा कुनै ध्यान नगएको अवस्थामा जेसिज जस्ता संस्थाहरुले युवाहरुको मनैबाट कुलत भन्ने शब्दलाई न्युनिकरण गर्न लक्षित कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भएको छ।

IMG_9546.JPG
कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले १८ देखि ४० बर्ष मुनिका युवाहरुलाई सक्षम र रचनात्मक नेतृत्वको बिकास गरी समाजप्रतिको जिम्मेवारी बहन गराउने असल र सक्षम युवाहरुको उतपादनका लागि सैनामैना जेसिजको मातृत्वमा सन २०१८मा कञ्चन जेसिज स्थापना गरिएको बताउनु भएको छ।

यसैगरी सैनामैना जेसिज बर्ष २०१८का अध्यक्ष बर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षका उमेद्वार बिमल ज्ञवालीले कञ्चनका युवाहरु पनि जेसिजको मुल मर्मलाई अझ उच्च बनाउन सक्ने क्षमता राख्न सक्छन र कञ्चनका युवाहरुलाई असल र सभ्य अनि सक्षम नेतृतव दिन सक्ने उधमशिलताको बिकास गर्न सके सुन्दर कञ्चनको सपना साकार हुन सक्ने सोंच र उद्धेशयका साथ कञ्चनमा जेसिज स्थापना गरिएको बताउनु भएको छ।
सम्मानितहरुको तर्फवाट शारिरीक अपांगता भएका उधमी तथा शारिरीक अपांगता समन्वय समिती,कञ्चनका संयोजक टोपलाल भट्टराईले कञ्चन जेसिजले गरेको सम्मानले हामीलाई अझ थप उर्जा मिलेको र जिवीको पार्जनका लागि मात्र होइन ब्यबसायिककरणका लागि केही गर्नु पर्छ भन्ने उत्साह थपिदिएको बताउनु भएको छ।

IMG_9551.JPG
कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलले कञ्चन जेसिज केही गर्नु पर्छ भन्ने युवाहरुका लागि उर्जाको श्रोत भएको संस्था भएकोले कञ्चनका हरेक युवाहरु कञ्चन जेसिजमा आवद्ध भई आफुलाई असल र सभ्य नागरिक भई सक्षम नेतृत्वको बिकास गर्न आग्रह गर्नु भएको छ। ब्यक्तित्व बिकासले जिवनमा सफलता प्राप्त हुने भएकोले ब्यक्तित्व,नेतृत्व र उधमशिल युवा बन्न कञ्चन जेसिजको साझा छाता मुनि रहेर सहकार्य गर्नु पर्ने बताउनु भएको छ।
कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता,महासचिव चित्र तुलाचनको संचालन र कार्यकारी उपाध्यक्ष मोहराज शर्माको स्वागतमा सम्पन्न भएको सम्मान कार्यक्रम तथा जेसिज सप्ताह उद्धघाटन कार्यक्रममा उपाध्यक्ष सुमन सुवेदीले आस्था पाठ गर्नु भएको थियो भने जेसिजको मिसन भिजनबारे कोषाध्यक्ष सूर्य ढकालले बताउनु भएको थियो । हरैया माध्यमिक विधालयमा भएको कार्यक्रममा शारिरीक अपांगता भएका १० जना उधमीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij