पर्यटनमन्त्रीले रोके हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

पर्यटनमन्त्रीले रोके हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयलले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ सुविधा बारे छलफल गरेका थिए ।

त्यसक्रममा यो निर्णय तत्कालका लागि कार्यान्वयनमा नलैजान र हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए(नभएको अध्ययन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय उच्च स्रोतका अनुसार प्राधिकरणका महानिर्देशक पोखरेलले भने हिमालय एयरलाइन्सबाट ग्राउण्ड हृयाण्डिलिङ निर्देशका पूरा गरी आवेदन आएका कारण विधिपूर्वक सुविधा प्रदान गरिएको जानकारी मन्त्री भट्टराईलाई गराएका थिए ।

मन्त्री भट्टराईले भने राष्ट्रिय महत्व राख्ने विषयमा निर्णय लिँदा मन्त्रालयको उच्च नेतृत्वसँग समेत सल्लाह र सुझाव लिन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्राधिकरणको अध्यक्ष भने स्वयमः मन्त्री रहने प्रावधान रहेको छ । यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा दिने निर्णय गरेको थियो । अहिले त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा नेपाल एयरलाइन्सले गरिरहेको छ ।

यसअघि थाई एयर र एयर इण्डियाले यस्तो सुविधा लिइसकेका छन् । हिमालय एयरलाइन्सले सोही प्रावधानमा टेकेर लिएको भएपनि उसँग ग्राउण्ड हृयाण्डिलिङ संचालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य क्षमता भए(नभएको अध्ययन गर्न मन्त्री भट्टराइले निर्देशन दिएका छन् ।

विगतमा सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा लिइसकेका कम्पनीको समेत मापदण्ड अध्ययन गर्न मन्त्री भट्टराईले प्राधिकरणलाई निर्देशन दिएका छन् ।

यसरी अध्ययन गरी मापदण्ड पुरा नगरेको पाइए एयर इण्डिया र थाई एयरको समेत सुविधा खोसेर त्यो जिम्मा नेपाल एयरलाइन्सलाई प्रदान गर्न मन्त्री भट्टराईले निर्देशन दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij