नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने

नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने

बुटवल -नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ ।
आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन गर्ने तय भएको जेसीजले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महाधिवेशनमा एकजना अध्यक्ष,४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले बताउनु भयो ।
महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार अध्यक्षले मनोनित गर्न पाउने जेसीजको परम्परा रहेको छ ।
एक हजार सात सयजना मतदाता रहेका जेसीज महाधिवेशनमा देशभरका १ सय ५७ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पुर्व अध्यक्षहरु, उम्मेदवार लगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने अध्यक्ष शंकरले जानकारी दिनु भयो ।
विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता हुने उहाँले बताउनु भयो । नयां नेतृत्वका लागि हालसम्म ६० जना भन्दा बढीले विभिन्न पदमा उम्मेदवारी दर्ता गरिसकेका र अनलाइन भोटिङ वा शाखा अध्यक्षहरु मात्रै सहभागी हुन पाउने विशेष साधारणसभा मध्ये कुन विधिबाट मतदान गर्ने भन्ने अझै निश्चित नभएको अध्यक्ष शंकरले बताउनु भयो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी महाधिवेशन सम्पन्न गर्न सम्बन्धित निकायबाट अनुमति लिइएको आयोजकले बताएका छन् । मंगलापुरस्थित बोधी भिल्ला रिसोर्टमा हुने महाधिवेशमा सहभागी हुन दुई दिनभित्रको पीसीआर परीक्षण रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य गरिएको महाधिवेशन सचिवालयका महासचिव लोकनाथ खनालले बताउनु भयो । पत्रकार सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गोविन्द पंगेनी, सिनेटर प्रकाश पोखरेल, भलबारी जेसीसका पुर्व अध्यक्ष सन्तराम चौधरी लगायतले बोल्दै रुपन्देहीमा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन हुनु गौरवको विषय भएको भन्दै यसलाई सफल बनाउन सबैको सहयोगको खांचो रहेको औंल्याउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij