भैरहवा-नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको बुटवल शाखाका लागि समन्वय समिति गठन गरेको छ । जसको संयोजकमा शिवहरि शर्मा रहनु भएको छ ।
सदस्यहरुमा हरि लम्साल, सगुन खनाल, राजु कार्की, डी.आर शर्मा, श्रीधर राज शर्मा र नेत्र ज्ञवाली रहनु भएको छ ।
काठमाडौं उपत्यका बाहिर रहेका सदस्य, विद्यार्थी एवं अन्य सेवाग्राही वा सरोकारवाला हरु लाई संस्थाले पुर्याउनु पर्ने सेवाको पहुँच विस्तार तथा लेखा व्यवसायीको समग्र विकासमा सहयोग गर्ने उद्देश्यले समन्वय समिति गठन गरिएको जनाइएको छ ।
शाखा कार्यालय व्यवस्थापन गर्नका लागि संस्थाले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु मध्ये बाट सम्बन्धित क्षेत्रमा कार्यरत एक जना चार्टर्ड एकाउन्टेन्टको संयोजकत्वमा समन्वय समिति गठन गर्दै आएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्